व्यास नगरपालिकाद्वारा स्थापित ‘व्यास नगरपालिका विकास पत्रकारिता पुरस्कार २०७८’ बाट ओमकार आचार्य पुरस्कृत भएका छन् ।
नगरपालिकाले स्थापना गरेको उक्त पुरस्कार समाचारको माध्यमबाट क्रियाशील भई नगरको विकासका क्षेत्रमा उत्कृष्ट टेवा पुराएको भन्दै नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका निवर्तमान अध्यक्ष एबम मादीसेती प्रवाह दैनिकका सम्पादक आचार्यलाई ३५ औं नगरसभाको अवसरमा आज आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कारको राशी नगद रु पाँच हजार रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?