दभुङ्ग चण्डीदेवी बहुउद्देशीयद्धारा सहकारी शिक्षा सम्पन्न

दमौली :  दभुङ्ग चण्डीदेवी बहुउद्देशीय सहकारी संस्थाले सहकारी शिक्षा तथा सहजीकरण कार्यक्रम सम्पन्न गरेको छ । सहकारी संस्थाका अध्यक्ष मोहन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सहकारी संस्थाका संचालक समिती, उपसमिती र कर्मचारीहरुलाई सहकारी शिक्षा प्रदान गरिएको थियो ।

व्यास नगरपालिकाका सहकारी उपशाखा प्रमुख राजुहरि पण्डित र सहकारी प्रशिक्षक पुष्प खनालले कार्यक्रममा प्रशिक्षण दिएको थियो । सहकारीको ऐन, नियम, नियामावली यसको कार्यक्षेत्र र अधिकारका वारेमा प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।

सहकारीको अवधारणा, निश्चित आर्थिक तथा सामाजिक विकासको उद्येश्य, संस्थाको विनियम, यसका प्रकार, सहकारीको महत्व र उद्येश्यका वारेमा प्रशिक्षकद्धयले सहभागीहरुलाई प्रशिक्षण दिएको थियो ।
सहकारी आफैमा संस्था आफैले वनाएको नियम, कानुन हो, यसमा मुख्य प्रधानता निश्चित सहकारीमा नै हुने गर्दछ, नियमक निकायको खवरदारी मात्र हो, सहकारी महाशाखकाका उपप्रमुख राजुहरि पण्डितले वताए । सहकारीको सहि प्रयोगले आम समुदायमा परिवर्तनकारी भुमिका खेल्ने समेत वहाँले सो अवसरमा जानकारी दिए ।
कार्यक्रममामा प्रमुख अतिथी व्यानपा वडा नं ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले सहकारी समाजको मेरुदण्ड भएको वताए । वहुउद्येश्यीय सहकारीको भुमिका विविध भएको हुदाँ यो सहकारीले कृषि र उत्पादनमा जोड दिनुपर्ने समेत वहाँले वताए ।

संस्थाका संस्थापक अध्यक्ष काजीमान श्रेष्ठले संस्थाको आवश्यकता र महत्वको वारेमा प्रकाशगरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?