दमौली : ५८ औँ बालदिवसका अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा तनहुँको व्यास नगरपालिका-२ स्थित सत्यवती माविकी दीपा विक वक्तृत्वकला प्रतियोगिताम प्रथम भएकी छिन् ।
बुधबार सामाजिक विकास कार्यालयद्वारा ५८ औँ बालदिवसका अवसरमा आयोजित ‘शिक्षा क्षेत्रको विकासमा स्थानीय तहको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा उनी प्रथम भएकी हुन् ।
पञ्चमुनीदेव माध्यमिक विद्यालयका अनुप लामिछाने द्वितीया तथा शुक्लागण्डकी माविकी मनिता राना तृतीया भएका छन् ।
तनहुँ जिल्लाका ४६ वटा विद्यालय ले सहभागिता जनाएको कार्यक्रममा प्रथम , द्वितीया र तृतीया विद्यार्थी लाई क्रमस ५ हजार ,३ हजार र २ हजार प्रदान गरेको गण्डकी प्रदेश बाल परिषद् काेषाध्यक्ष विवेक श्रेष्ठले जानकारी दिए ।
सामाजिक बिकास कार्यालय तनहुँका प्रमुख बिक्रम सुबेदिकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल , जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्का, शिक्षा विकास इकाई समन्वय समिति तनहुँका प्रमुख, बाल सन्जाल अध्यक्ष बर्षा गुरुङ , ब्यबस्थापक शारदा गैह्रे पौडेल लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?