सरकारले चीनबाट खरिद गरेको भेरोसेल खोप असार ३१ र श्रावण १ गतेका दिन व्यास नगरपालिका व्यास १ चारकुने स्थित चारकुने आधारभूत उप-स्वास्थ्य चौकीमा हिजो र आज खोप लगाइएको छl
वडा न १ का बासिन्दाहरुलाई कोविड १९ विरुद्धको खोप ५५ बर्ष देखि माथिको उमेर समुहका नागरिकहरु, शिक्षकहरु,सवारी चालक,सह-चालक,बिदेश जाने तयारीमा रहेका ब्यक्तिहरु र आघिल्लो खोप कार्यक्रममा छुट भएका व्यक्तिहरुलाई लगाइएको हो l खोप कार्यक्रमको लागि चारकुने स्थित चारकुने आधारभूत स्वास्थ्य केन्द्रमा खोप लगाउन बिहान १० बजे देखि बेलुका ५ बजे भित्र खोप लगाउन सुचित गरिएको थियो l
पहिलो दिन भेरोसेल खोप लगाउने सख्या पुरुष र माहिला गरि जम्मा चार सय बाह्र जना रहेका थिए जसमध्ये पुरूष दुई सय तिन जना रहेका छन् भने माहिलाको संख्या दुई सय नौ जना तेस्तै दोस्रो दिन पुरुष र माहिला गरि जम्मा दुई सय अठासी जना रहेका थिए l पुरूष सतासी जना रहेका छन् भने माहिलाको संख्या दुई सय एक जनाले लागएका छन् दुई दिनमा माहिला पुरूष गरि जम्मा सात सय जनाले लागएको स्वास्थ्य कर्मी उमा हड्खलेले जानकारी दिए l
खोप लगाउनको लागि ५५ वर्षदेखिका नागरिकले नागरिकता वा अन्य कुनै परिचय खुल्ने कागाजका आधारमा खोप लगाउन पाउने छ । कुनै प्रमाण नभएमा स्थानीय तहले प्रमाणित गरेको कागाजात पेस गर्नुपर्ने छ,सार्वजनिक यातायातका चालक,सहचालकहरुको हकमा आधिकारिक परिचय पत्र र सवारी साधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण पेस गर्नुपर्ने छ , विश्वविद्यालय र विद्यालयका शिक्षक तथा कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचय पत्र पेस गर्नुपर्ने नियम रहएको छ । यसबाहेक विदेश जानेहरुको लागि खोप अनिवार्य गरेकाले नेपाली नागरिकहरुको हकमा पासपोर्ट र भिसाको आधारमा खोप लगाइने व्यवस्था मिलाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?