ओली निकट तनहुँका सांसद किसानले दिए देउवालाई विश्वासको मत

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली निकट रहेका तनहुँका सांसद  कृष्णकुमार श्रेष्ठ (किसान)ले  प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

आइतबार प्रतिनिधिसभामा भएको मतदानमा उनले देउवालाई मत दिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् ।

देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?