बन्दीपुरका बाढी पहिरोबाट प्रभावितहरुलाई युवा वाईसीएलले श्रमदान दिने

वाइसिएल तनहुँले बन्दीपुरका बाढी पहिरो प्रभावित क्षेत्रमा सक्दो श्रमदान गर्ने भएको छ ।

तनहुँ जिल्ला वाइसियलका अध्यक्ष इश्वर वस्यालका अध्यक्षतामा सोमबार बसेको वैठकले उक्त निर्णय गरेको हो । वैठकमा वस्यालले  जतिपनि क्षति भएको ठाउँ छ उक्त ठाउँमा सक्दो सहयोग गर्ने बताए ।

उने भने पार्टीका कार्यकर्ताहरुलाई एक साथ काम गर्न आग्रह गर्दै आफुले आज सम्म जति पनि काम गरे आझै यस्ता सामाजिक कार्य र पार्टी गत कार्य गर्दै जाने र युवा नेता कर्यकर्ताहरु लाई ढुक्क भएर पार्टीको काम गर्ने समेत अनुरोध गरे । उक्त बैठकमा  नेपका मावोबादी केन्द्र तनहुँका सचिवालय सदस्य शुक्र चुमान तथा वाइसियलका केन्द्रीय सदस्य शरण सापकोटा उपस्थिति रहेको थियो ।

सोमबार बसेको बैठकमा प्रशिक्षण भने नेपका मावोबादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य अतिन्द्र केशरी न्यौपानेले गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?