व्यास नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा कुल एक हजार २ सय ३ योजना सम्पन्न भएको छ ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बिहीबार सम्पन्न कार्यपालिकाको नियमित वैठकमा एक वर्षको अवधिमा उपभोक्ता समिति र टेण्डर मार्फत् उक्त योजनाहरु सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
उपभोक्ता समिति मार्फत भएका कुल एक हजार २ सय ३ योजनामा टेण्डर प्रकृयामार्फत् ७३ योजना सञ्चालन गरिएकामा ४२ योजना सम्पन्न भएका छन् भने ३१ योजना कोभिड तथा विपद्का कारणले अधुरो अबस्थामा रहेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
साथै नियमित वैठकमा नगरपालिकाले विभिन्न निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?