प्रतिनिधिसभाका उम्मेदवार घर्ती घरदैलोमा व्यस्त

दमौली :  निर्वाचनको मिति नजिकिँदै गर्दा तनहुँ-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार घरदैलाे अभियानमा व्यस्त छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त भएको हो ।

राप्रपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार  विनोदकुमार घर्ती ,तनहुँ प्रदेशसभा १ मा विवेक न्यौपाने, प्रदेशसभा २ मा राजु गोतामे जनताको घरदैलोमा पुगेर भोट माग्न व्यस्त रहेका हुन्।

घर्ती मंगलबार व्यास नगरपालिका-९ गजौंडेमा घरदैलो गरेका छन्  । घरदैलोका क्रममा जनताको सकारात्मक प्रतिक्रिया पाएको बताउदै उनले आफ्नो जित निश्चित रहेको बताएको छ।

तनहुँ –१ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर राना, राप्रपाका जिल्ला अध्यक्ष विनोदकुमार घर्ती लगायत अन्य दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?