किरण चेम्जाेङलाई धनगढी एफसीकोआइकाेनिक खेलाडीका रूपमा अनुबन्ध

नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ वैशाख ११ देखि सुरु हुने नेपाल सुपर लिगका लागि एनगढी एफसीमा अनुबन्ध भएका छन् । एनएसएलको फ्रेन्चाइज धनगढी एफसीले बिहीबार एक कार्यक्रम गर्दै किरण चेम्जोङलाई आइकोनिक प्लेअरको रुपमा सार्वजनिक गरेको छ ।

राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई धनगढीले मार्की प्लेयरको रूपमा नियुक्त गरिसकेको छ । अक्शनबाट १४ जना खेलाडी धनगढीकाे टोलीमा अनुबन्ध भइसकेका छन् । धनगढीमा अनुबन्ध भएका किरण झन्डै पाँच वर्षपछि नेपाली फुटबल क्लबमा फर्किएका हुन् । नेपाली फुटबल क्लबमा फर्किएपछि एनएसएलको लागि आफू उत्साहित रहेको चेम्जाेङले बताए ।

धनगढीले अक्शनबाट सौजन राई, रूपेश केसी, विजय श्रेष्ठ, योगेश गुरुङ, युद्ध शाही, निराजन महर्जन, विवेक बस्नेत, निशान खड्का, टंक बस्नेत, अशोक खवास, दिनेश राजवंशी, टेकेन्द्र थापा, पुजन उपरकोटी र दर्शन गुरुङलाई टोलीमा समावेश गरिसकेको छ ।

धनगढीले किरणका साथै अन्य विदेशी खेलाडी पनि अनुबन्ध गरेको छ । विदेशी खेलाडीसहितको टोलीसँग नेपाली खेलाडीले खेल्दा नेपाली खेलाडीको स्तर उकासिने विश्वास राखिएको छ ।

यस्तै धनगढी फुटबल क्लबले मुख्य प्रशिक्षकको जिम्मेवारी राष्ट्रिय टोलीका पूर्वखेलाडी युगल किशोर राईलाई दिएको छ । नियुक्त भएका राईले धनगढीलाई राम्रो स्थानमा पुर्‍याउन मेहनत गर्ने प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?