अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै सुशासनको लागि अभियान हाम्रो नेपाल हामी नेपाली तनहुँले आज प्रमुख जिल्ला अधिकारी सागर आचर्यलाई ज्ञापनपत्र बुझाएको छ ।
एमसीसी देश र जनताको हित बिपरित भएकाले यसलाई खारेज गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका हुन् । उक्त ज्ञापनपत्र प्रस्तुत गर्दै जिल्ला संयोजक विष्णुभक्त खनालले राष्ट्रव्यापी रुपमै एमसीसीको विरुद्धमा ज्ञापनपत्र बुझाउने तय भएको र विरोधका कार्यक्रमहरु समेत गरिने बताए।
एमसीसी राष्ट्रघाती सम्झौता भएकाले कुनै हालतमा नेपालमा लागू गर्न नहुने जिल्लाका कोषाध्यक्ष कला राईले बताइन्।
उक्त कार्यक्रममा तनहुँ जिल्ला व्यास नगरपालिका संयोजक सुजन पन्त सह-संयोजक राजु गोतामे भानु नगरपालिका सहसंयोजक रूपा पन्त म्याग्दे गाउँपालिका संयोजक राज घताने तनहुँ जिल्ला सचिव केशर लगाएतले एमसीसी खारेज नहुँदासम्म विरोधका कार्यक्रमहरु गर्दै जाने बताए । एमसीसी भनेको के हो यसले कसरी काम गर्छ यसले के गर्छ भन्ने कुरा ९५ प्रतिशत जनतालाई थाहा नभएको र केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थको लागि सम्पूर्ण जनताहरु लाई झुक्याउने काम भइरहेकोले एमसीसीलाई कुनै पनि हालतमा पारित हुन नदिने अभियान्ताहरु बताउछन्। कार्यक्रममा बोल्दै तनहुँ जिल्ला प्रमुख अधिकारी सागर आचार्यले उक्त ज्ञापनपत्र प्रधानमन्त्रीको सचिवालय तथा संसद सचिवालय सिंहदरबार काठमाडौं सम्म पुर्याई दिने प्रतिबद्धता व्यक्त गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?