म्याग्दे गाउँपालिका –२ गुन्जारा निवासी ६ वर्षीय मृगौला पीडित प्रनिश सिन्जाली मगर लाई न्यू भिजन युवा क्लब जामुने द्वारा आर्थिक सहयोग गरेको छ ।
न्यू भिजन युवा क्लबले मिर्गौला पीडित ६ वर्षीय बालकको लागि ३३ हजार सात सय ५० सहयोग गरेको हो ।उक्त रकम मंगलबार क्लवका अध्यक्ष सन्दिप रानाभाटले पीडितका आफन्तलाई हस्तान्तरण गरे ।सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष रानाभाटले सक्दो सहयोग रकम उठाएर अझै आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
करिब ३ महिना देखि मृगौलामा ट्युमर देखिए पछि उपचारका लागि कान्ति बाल अस्पताल काठमाडौँमा उपचार गर्दै आए पनि गत साउन ४ गते शुक्रबार अप्रेसन गरी मृगौला झिक्नु पर्ने भएकाले घरको आर्थिक अवस्था एकदमै कमजोर रहेको भन्दै जामुने टोल विकास संस्था, भीरपानी समुदायिक वन उपभोक्त र जामुने बाँसीहरूको सहयोगमा उक्त रकम संकलन गरी पीडित परिवारलाई हस्तान्तरण गरिएको सदस्य विधान रानाभाटले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर भएको कारण सहयोगको अपील गर्नुपर्ने बाध्यता रहेको बताउँदै आफन्तले सहयोगी मनहरुलाई धन्यबाद दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?