नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषलाई नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त थापा मगरले सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सहसचिव मिला दरैलाई तीन हजार ३२० रुपैयाँ रकम हस्तान्तरण गरेका हुन् ।
बन्दीपुर गाउँपालिका–६ घर भई हाल व्यास नगरपालिका १ बस्दै आएका थापा मगर विभिन्न समाजिक संघसंस्थामा समेत नेतृत्वदायी भूमिकामा रहेका छन् । जस्तोसुकै परिस्थितिमा पनि अग्रपंक्तिमा खटिएर समाचार संप्रेषण गर्ने सञ्चार क्षेत्र र संचारकर्मीहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा सहयोग गर्न पाँउदा खुशी लागेको उनले बताए ।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष पौडेलले कल्याणकारी कोषमा गरेको सहयोग प्रति आभार व्यक्त गरेका छन् । कोषमा सहयोग आउने क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?