भोर्लेटार चोकमा ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’ सञ्चालनमा

तनहुँको दमौलीस्थित भोर्लेटार चोकमा ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’ सञ्चालनमा आएको छ ।

लमजुङ मध्यनेपाल नगरपालिका–१ देउरालीका युवा सुनिलले उक्त होटल सञ्चालनमा ल्याएका हुन् ।६ महिना अघि भोर्लेटार चोकमा ‘दिदी भाई रेष्टुरेन्ट’ सञ्चालनमा ल्याएका सुनिलले थप व्यवस्थापन गरि उक्त रेष्टुरेन्टलाई होटल एण्ड लजका रुपमा विकास गरेका हुन् ।

“मैले विदेशी भूमिमा झण्डै १५ वर्ष काम गरेँ, उक्त सीप र अनुभवलाई आफ्नै भूमिमा गर्छु भन्ने सोचेर रेष्टुरेन्ट तथा होटल सञ्चालनमा ल्याएको हुँ,” उनले भने ।

स्वदेशी तथा विदेशी खाना पाइने उक्त होटलमा मम, चाउमिन, खाजा सेट, खाना  सहित सहुलियत दरमा बस्ने कोठा समेत उपलब्ध रहेको छ ।साथै, हाँस, लोकल खसी, लोकल कुखुरा, लोकल राँगो र लोकल माछा खान पाइने सञ्चालक सुनिलले बताए ।

भर्खरै सञ्चालनमा आएको उक्त होटल एण्ड लजले दमौलीका आसपास क्षेत्रहरुमा होम डेलिभरीको पनि सुबिधा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?