दमौली : नेपाली कांग्रेसका महासमिति एवं संविधान सभा सदस्य झुल वहादुर आलेको निधन भएको छ।
कांग्रेसबाट निर्वाचित पूर्व संविधान सभा सदस्य आलेको गए राति उपचारका क्रममा काठमाडौंमा निधन भएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।
” उहाँको पहिले देखि फोक्सो समस्या थियो , उपचारको क्रममा निधन भएको हो ” उनले भने “पार्थिक शरिरलाई अन्तिम सस्कारको लागि काठमाडौ बाट ऋषिङ लाने क्रममा दमौली स्थित बि.पि. स्मृति भवनको प्राङ्गणमा केही बेर राखिने छ ”
आलेले वि.सं. २०७० सालमा संबिधान सभामा नेपाली कांग्रेसबाट समानुपातिक तर्फ निर्वाचित थिए।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?