तनहुँका १९ उम्मेदवारले बुझायो निर्वाचनको खर्च विवरण

दमौली : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउन सुरु गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार अन्तिम मतपरिणाम सार्वजनिक भएपछि कार्यालय खुलेकोमा हालसम्म १९ जना  उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।

६७ जना कुल उम्मेदवार रहेको जिल्लामा १२ जना प्रतिनिधिसभा तर्फका उम्मेदवार र ७ जना प्रदेशसभा तर्फका उम्मेदवारले  निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय तनहुँका सूचना अधिकारी दुर्गा माया आलेले जानकारी दिईन ।

गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनका समयसीमाभित्र खर्च विवरण नबुझाएका उम्मेदवारलाई खर्च गर्न पाउने सीमा बराबरको जरिवाना तिर्नुपर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो ।

तनहुँमा रहेको दुईवटा प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्रको अन्तिम मत परिणाम एक साता अगाडि सार्वजनिक भएको थियो ।

यहि मङ्सिर ४ गते निर्वाचनमा सहभागी भएका उम्मेदवारहरुलाई निर्वाचन खर्च विवरण बुझाउन जिल्ला निर्वाचन कार्यालय तनहुँले निर्देशन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?