अध्यादेश तत्काल फिर्ता लिनुपर्छ : गगन थापा

काठमाडौं : रेशम चौधरीलाई जुलमुक्त गर्न अध्यादेश जारी गर्ने सरकारको निर्णयमा कांग्रेसका महामन्त्री गगन थापाले कडा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले पार्टीभित्र यो अध्यादेशका बारेमा कुनै छलफल र अध्यादेश तत्कालका लागि फिर्ता लिनुपर्ने बताएका हुन् ।

‘विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ । अतः सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन ।’

गगनले अहिलेको सरकार कामचलाउ भएकाले दुरगामी महत्वको निर्णय गर्न नमिल्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?