बालमन्दिर विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्रेष्ठ

व्यास २ दमौलीमा अवस्थित बालमन्दिर मा. वि मा  नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

विद्यालय प्राङ्गमा सोमबार बसेको अभिभावक भेलाले क्या सन्तलाल श्रेष्ठको अध्यक्षतामा  नयाँ  सदस्यहरु गठन गरेको छ । सदस्यहरुमा रामचन्द्र अधिकारी, नारायण थापा, अस्मिता नेपालीलाई चयन भएको विद्यालय जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवं वडा न २ का वडाध्यक्ष काशीराम श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नगर शिक्षा प्रमुख नगेन्द्रप्रसाद रेग्मी, कार्यक्रम संयोजक नबीन पराजुली, जनप्रतिनिधि हरु कल्पना पोख्रेल,टुकराज हमाल,लालबहादुर थापा,राधिका परियारले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको उद्देश्यबारे प्राधानाध्यापक राजेन्द्रप्रसाद खनालले प्रकास परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?