दमौली : तनहुँको व्यास नगरपालिकाले विद्युतीय कर भुक्तानी (ई–पेमेन्ट) प्रणालीको शुभारम्भ गरेको छ । नगरपालिकाले बिहिवार एक कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरिएको हो ।
नयाँ प्रविधि मार्फत आफ्नो कर भुक्तानी गरेर शुभारम्भ गराउँदै नगरप्रमुख बैकुण्ठ न्यौपानेले कर तिर्न लाइन बस्नै पर्ने परम्परागत शैलिलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरु अझै प्रोत्साहित हुने बताए।
त्यस्तैगरी नगरपालिका प्रशासकीय अधिकृत हरि नगिलाले सेवाप्रवाहलाई अझ सहज, छरितो र विश्वसनिय बनाउँदै नगरपालिकालाई सेवाकेन्द्रका रुपमा विकास गरिएको बताए।
नगरपालिकाले खल्ती,ई -सेवा ,आइ.एम.इ पे ,प्रभु पे लगायत डिजिटल भुक्तानीबाट कर भुक्तानी गर्ने व्यवस्था व्यवस्था मिलाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?