काठमाडौं : संघीय संसद सचिवालयले सांसदहरुको शपथ ग्रहण कार्यक्रम ७ पुसमा राखेको छ ।
सोमबार दिउँसो संसद सचिवालयले ७ पुसको दिउँसो १ बजे सांसदहरुको शपथ ग्रहण आयोजना गर्ने निर्णय गरेको हो ।
सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?