१३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा हुने भएको छ ।साफ कार्यकारी समितिको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ (असोज १५–२७) सम्म माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।
यसअघि प्रतियोगिताको जिम्मा पाएको बङ्गलादेशले कोभिड १९ सङ्क्रमणको कारण देखाउँदै साफ आयोजना गर्न नसक्ने जानकारी गराएपछि नयाँ आयोजकमा नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेको थियो ।
आजको बैठकले नेपालमा कोभिड १९ को अवस्थालाई ध्यान दिँदै साफ च्याम्पियनशिप माल्दिभ्समा गर्ने निर्णय गरेको हो । १३ औँ साफमा नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काले खेल्ने पक्का भइसकेको छ । भुटानले भने तीन दिनभित्र निर्णय दिने एन्फाले जनाएको छ । दुई/दुई वर्षमा आयाेजना हुने साफ च्याम्पियनशिप नेपालले दुई पटक आयाेजना गरेकाे छ । सन् १९९७ मा पहिलाे पटक साफ आयाेजना गरेकाे नेपालले दाेस्राे पटक २०१३ मा आयाेजना गर्दा सेमिफाइनलमा अफगानिस्तानसँग हारेकाे थियाे ।
भारतले अहिलेसम्म सर्वाधिक ७ पटक साफ उपाधि जित्दा नेपाल भने अहिलेसम्म फाइनल पुग्न सकेको छैन ।
नेपालले साफका लागि तयारी शुरु गरिसकेको छ । १० दिनको ब्रेकपछि नेपालको बन्द प्रशिक्षण बुधबारदेखि पोखरामा शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?