अन्तर विद्यालय नृत्य प्रतियोगितामा लालीगुराँस विद्यासगर प्रथम

दमौली : तनहुँको व्यास नगरपालिका-१ भादगाउँ स्थित लालीगुराँस विद्यासगर बोर्डिङ स्कुल अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुन सफल भएको छ । एनप्याब्सन तनहुँद्वारा शनिवार दमौलीमा आयोजित अन्तर विद्यालय नृत्य प्रतियोगिता सहभागी १६ विद्यालयलाई पछि पार्दै लालीगुराँस विद्यासगर प्रथम हुन सफल भएको हो ।

प्रतियोगितामा द्वितीय स्थान न्यु मनकामना बोर्डिङ स्कुल, तृतीयमा दमौली पब्लिक इङ्लिस स्कुल, सान्त्वनामा ताराकुञ्ज बोर्डिङ स्कूल, ग्रीन स्टार सेकेन्डरी बोर्डिङ स्कुल र आदर्श बिद्यागृह बोर्डिङ स्कुलले प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः रु १६ हजार, रु १२ हजार र रु आठ हजार सहित प्राप्त गरेको छ । त्यस्तै सान्त्वना हुने तीन वटा विद्यालयलाई रु तीन हजारका दरले पुरस्कार प्राप्त गरेको छ ।

प्रथम र द्वितीय हुने विद्यालयले गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले बताएका छन्   ।

वक्तृत्वकला प्रतियोगिता तर्फ 

सोही अवसरमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तर्फ न्यु मनकामना बोर्डिङ स्कुलका भावना कुँवर प्रथम भएको छ । प्रतियोगितामा द्वितीय ग्रीन स्टार सेकेन्डरी स्कुलका अयुषा श्रेष्ठ, तृतीय पराशर सेकेन्डरी स्कुलका प्रिन्सेस तामाङ र  सान्त्वना दमौली पब्लिक इङ्लिस स्कुलका प्रविन रानाभाटले हासिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः रु चार हजार, रु तीन हजार र रु दुई हजार तथा सान्त्वना हुने विद्यालयलाई रु एक हजार प्राप्त गरेका छन् ।
प्रथम र द्वितीय हुने विद्यालयले पनि प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने जनाएको छ  ।
उक्त प्रतियोगिताको विजेताहरुलाई तनहुँ-१ (क)बाट नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य अशोक कुमार श्रेष्ठले पुरस्कार प्रदान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?