दमौलीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

दमौली : तनहुँको दमौलीमा नेपालको राजस्व नीति र कर प्रणाली विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करदाता शिक्षा प्रदान गर्ने उद्देश्यले तनहुँ उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय दमौलीको आयोजनामा सोमवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय दमौलीका प्रमुख डमरु प्रसाद पराजुली ले राष्ट्रको विकासमा करको योगदान रहेको बताए । उनले व्यवसायी व्यक्तिहरुले लागि करसम्बन्धित ज्ञान हुनु जरुरी रहेको  बताए ।

अहिलेको समयमा  कार्यलयबाट प्रदान गरिने छुट , सहुलियत तथा सुविधा सबै सरकारले व्यवस्था गरेको अनुसार दिइरहेको उनको भनाइ रहेको थियो ।

कार्यक्रममा प्रमुख कर अधिकृत टिकराम पौडेल र कर अधिकृत लोकेन्द्र राई ले वर्तमान राजस्व नीति र कर प्रणालीको विषयमा सहजिकरण गरेको थियो ।

तनहुँ उद्योग वाणिय संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा संघका पदाधिकारी लगायत दमौलीका व्यवसायी व्यक्तिहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?