पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्‍को सोमबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । सो न्यूनतम साझा कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?