थापाको श्रीमती, एक छोरी र एक छोरा छन् । उनको शनिबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
चर्चित कलाकार शम्भुराज थापाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनको आज बिहान चार बजे पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय ५५ वर्षका थापाले पछिल्लो समय हल्का रमाइलो टेलिश्रृङ्खलामा ‘बखते’ को भूमिका निभाएका थिए । उनले मह सञ्चारको ‘आमा’, ‘गोलमाल’, ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायतका टेलिश्रृङ्खलामा अभिनय गरेका छन् ।
केही चलचित्र र धेरै टेलिश्रृङ्खलामा भूमिका निभाएका थापाको निधनप्रति कलाकारले दुःख व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?