
साथी बचत तथा ऋण सहकारी संस्थाले व्यास नगरपालिका वडा न. १४ मा कोभिड–१९ सम्बन्धी जनचेतना तथा मास्क वितरण कार्यक्रम गरेको छ । बढ्दै गएको कोबिड-१९ महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न जनचेतना तथा मास्क वितरण कार्यक्रममा संस्थाका अध्यक्ष नन्द कुमारी थापाको सयोजकतामा व्यास नगरपालिका वडा न. १४ का १० वाटै टोल विकास संस्था र बन्दीपुर गाउँपालिका वडा न. ३ को सुखौरा, सेराटार र रामकोट समेत गरि १५१५ प्रति घरधुरीलाई मास्क र हात धुने साबुन वितरण गरेको हो ।
साथी बचत तथा ऋण सहकारी संस्था एक नितान्त महिलाहरुद्वारा संचालित उक्त संस्थाले महिलाहरुको हक अधिकार, महिलाहरुको नेतृत्व बिकासका साथै उनीहरुको आय आर्जन तथा स्वावलम्बी र आत्मनिर्भर बनाउन सहयोग पुगेको संस्थाका पूर्व अध्यक्ष नरीमाया रानले बताइन्। उक्त संस्थालाई ४ आना जग्गा दान गरेका तथा चन्दादाता तथा व्यास नगरपालिका वडा न १४ वडा अध्यक्ष काजिमान श्रेष्ठले संस्थाको सराहनीय काम गरेको प्रति प्रसंशा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?