सार्वजनिक यातायात सुरक्षित बनाउन भोलिबाटै काम थालिन्छ : गृहमन्त्री लामिछाने

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले सार्वजनिक यातायातलाई सुरक्षित बनाउन भोलिबाटै काम थाल्ने भएका छन् । आइतबार राति फेसबुकमार्फत् लामिछानेले आफूहरूले सार्वजनिक यातायात सुरक्षाबारे छलफल गरिरहेको भएपनि अब भोलिबाटै प्रभावकारी काम थाल्ने बताएका हुन् ।

साथै उनले आइतबार बिहान पोखरा विमान दुर्घटनाको घडीमा सोमबार शोक बिदा दिने निर्णयप्रति आएका धारणको सम्मान गर्ने पनि बताएका छन् । आगामी दिन नागरिकस्तरबाट आउने सुझावलाई मनन गरिने उनको भनाइ छ ।

“सार्वजनिक यातायात सुरक्षाबारे छलफल गरिरहेकै थियौँ । तर अब भोलिबाटै प्रभावकारी काम सुरु हुनेछ । घटना सेलाए पनि काम सेलाउन दिन्नौँ । उपप्रधान तथा गृहमन्त्रीका हैसियतले, शोक बिदाको निर्णयप्रति आएका धारणाहरूप्रति सम्मान प्रकट गर्दै आगामी दिनमा यस्ता सुझावहरूलाई मनन गरिने जानकारी गराउँदछु,” उनले भने ।

गृहमन्त्री लामिछानेले आज भएको पोखरा विमान दुर्घटनालाई नेपाली इतिहासको अन्तिम दुर्घटना बनाउन आफू सम्पूर्ण रूपमा लाग्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?