
तनहुँ हङकङ समाजद्वारा प्रदान गरिने ‘युवा पत्रकारिता पुरस्कार २०७८’का लागि जिल्लाका दुई क्रियाशील पत्रकारलाई सिफारिस गर्ने निर्णय भएको छ ।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा आइतबार मिडिया भिलेज दमौलीमा बसेको बैकठले उक्त पुरस्कारका लागि पत्रकार अमरराज नहर्की र नारायण खड्कालाई सिफारिस गरेको छ । उक्त पुरस्कार समाजले स्थापना दिवस यही भदौ १५ गते (अगष्ट ३१ तारिख)मा प्रदान गर्ने जनाएको छ ।
पत्रकार नहर्की गोरखापत्रको तनहुँ संवाददाता हुन् भने पत्रकार खड्का सगरमाथा टेलिभिजनको तनहुँ संवाददाता तथा भञ्ज्याङ दैनिकमा आवद्ध छन् । पत्रकारद्वय नहर्की र खड्काले समाजद्वारा गरिएको सामाजिक सेवाको समाचार संप्रेषण गरी योगदान पु¥याएकाले पुरस्कारका लागि पत्रकार महासंघबाट सिफारिस गरिएको महासङ्घले जनाएको छ । उक्त बैठकले पत्रकार महासंघ तनहुँमा आवद्ध रहेका पत्रकारहरुको सदस्यता नवीकरण भदौ २३ गतेभित्र गरिसक्नुपर्ने निर्णय गरिएको सचिव प्रताव रानाले जानकारी दिए ।
जिल्लाका क्रियाशील पत्रकारहरुको व्यास नगरपालिकाको कार्यालय दमौलीले आरोग्य बिमा गरी सहयोग गरेकोप्रति पत्रकार महासंघ तनहुँले धन्यवाद ज्ञापन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
त्यस्तै व्यास नगरपालिकाले व्यास नगर विकास पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई पुरस्कृत गरेकोमा पत्रकार महासंघ तनहुँले आभार तथा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
पत्रकार महासंघ तनहुँले पत्रकार दिवाकर भण्डारीकी धर्मपत्नी एवं सञ्चारकर्मी सुनिता डोटेल भण्डारीको उपचारार्थ संकलित ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको छ । पत्रकार महासंघका साधारण सदस्य सूर्यभक्त पौडेलकी धर्मपत्नी एवं पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलकी भाउजु अप्सरा भण्डारी पौडेलको असामयिक निधन भएकाले शोक प्रस्ताव पारित गर्ने निर्णय गरिएको महासङ्घले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?