युवा पत्रकारिता पुरस्कारबाट पत्रकार नहर्की र खड्का सम्मानित

तनहुँ समाज हङकङद्धारा प्रदान गरिने युवा पत्रकारिता पुरस्कारबाट जिल्लाका दुई पत्रकार पुरस्कृत भएका छन ।

तनहुँ समाज हङकङको २२ औ स्थापना दिवसको अवसरमा मंगलबार दमौलीमा एक कार्यक्रमका बीच पत्रकार अम्मरराज नहर्की र नारायण खड्का पुरस्कृत भएका हुन् ।पत्रकारहरुलाई व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले संयुक्त रुपमा प्रंशसापत्र, दोसल्ला र नगद रु. पाँच हजारले सम्मान तथा पुरस्कृत गरेका थिए ।

कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्ले, तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेल पुर्वअध्यक्ष डम्बर अधिकारी, सम्मानित पत्रकार नारायण खड्का लगायतले बाेलेका थिए ।

पत्रकार कल्याणकारी कोषमा सहयोग:

नेपाल पत्रकार महासंघ तनहुँले स्थापना गरेका कल्याणकारी कोषमा तनहुँ समाज हङकङका पुर्वअध्यक्ष भिमराज गुरुङले रु ५ हजार ५५५ र पत्रकार अमरराज नहर्कीले रु ५ हजार ५५५ सहयोग गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?