राष्ट्रपति रनिङशिल्डको उपाधि शुक्लालाई

दमौली : तनहुँको ऋषिङ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि शुक्ला माविले जितेको छ ।

मंगलबार सम्पन्न प्रतियोगितामा १२ स्वर्णपदक जित्दै ऋषिङ -१ स्थित शुक्लाले रनिङ शिल्डको उपाधि जितेको हो ।

ऋषिङमा सोमबारदेखि प्रतियोगिता सुरु भएको थियो ।

कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले विद्यार्थीहरुका लागि पढ्दै सँगै खेलकुदको पनि आवश्यक रहेको बताए।

उक्त कार्यक्रममा ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनु माया थापा , प्रवक्ता विजय दरै , विद्यालयका शिक्षक प्रतिनिधि लगायत विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?