नेपाल प्रेस युनियन तनहुँले स्थापना गरेको पत्रकार बलराम बानियाँको स्मृति पत्रकारितका अक्षयकोषका लागि सहयोग रकम प्राप्त भईरहेको छ ।
यसै क्रममा बिहिबार व्यास नगरपालिका–४, दमौलीस्थित मर्दशा आधारभूत विद्यालयका प्रधानाध्यापक सत्तार मियाले तीन हजार प्रदान गर्नु भएको छ । मियाले युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीलाई बिहीबार दमौलीमा रकम हस्तान्तरण गरेका हुन । सहयोग रकम प्रदान गर्दा पत्रकार बानियाँको योगदान र विगत सम्झिएर मिया भावुक बनेका थिए ।
मियाले भानु नगरपालिका–१३ स्थित अरनिको माध्यामिक विद्यालयमा सँगै अध्ययन गरेको स्मरण गर्दै आत्मिय सम्बन्ध भएको कारण मितको नाता गाँसिएको बताए ।“राष्ट्रिय स्तरको व्यक्तित्व, पत्रकारिताको क्षेत्रमा उज्ज्वल नक्षेत्र भएकोले उनको नाम सधैं अमर रहन्छ,” उनले भने, “उनको निधनले निकै ठूलो क्षति पुगेको छ र उनको सपना मिलेर पुरा गर्नु छ ’’
रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँ तथा नेपाल प्रेस युनियन तनहुँका पूर्व अध्यक्षद्धय डम्बर अधिकारी, ओमकार आचार्य, सल्लाहकार गोरा मिया, उपाध्यक्ष मिला दरैको उपस्थिती रहेको थियो ।
युनियनले पत्रकार बानियाँका परिवारजन, आफन्तजनका साथसाथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरुबाट रकम संकलन गरी अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने कार्य गरिरहेको छ । पत्रकार बानियाँका दाइ भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले गत चैत्र ३ गते युनियनलाई २० हजार नगद हस्तान्तरण गरेका थिए । बानियाँको वार्षिक पुण्यतिथीमा भदौ १४ गते काँग्रेसका युवा नेता श्याम मौरतीले १० हजार १५० रुपियाँ हस्तान्तरण गरिसकेका छन् ।
बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक थिए । बानियाँ २०७७ साल साउन २७ मा मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावरमा मृत फेला परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?