छात्रातर्फ पराशर र सत्यवती,छात्रतर्फ सत्यवती र बाराही फाइनलमा

दमाैली : हैरान्स क्लवको आयोजनामा दमौलीमा जारी अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड प्रतियोगितामा छात्रातर्फ पराशर कलेज र सत्यवती माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेको छ ।

भने,छात्रतर्फ माध्यमिक विद्यालय र बाराही कलेज सेमिफाइनल प्रवेश गरेको छ ।

छात्रातर्फ पहिलो फाइनल खेल पराशर र सत्यवती बीच हुनेछ भने दोस्रो फाइनल सत्यवती र बाराहीबीच हुनेछ ।

प्रतियोगितामा छात्रतर्फ निर्मल मावि, सत्यवती मावि, व्यास बोर्डिङ स्कूल, दमौली कलेज, आदिकवि भानुभक्त क्याम्पस, कन्काई एकेडेमी, पराशर कलेज र बाराही कलेज गरी ८ टिमको सहभागिता रहेको थियो ।

छात्रातर्फ बाराही कलेज, सत्यवती मावि, व्यास बोर्डिङ स्कूल, निर्मल मावि, दमौली कलेज, पराशर कलेज र कन्काई एकेडेमी बोर्डिङ स्कूल गरी ७ टिमको सहभागि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?