साइनो नेपाल मिडिया द्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री सहयोग

साइनो नेपाल मिडिया सोसाइटीले नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई स्वास्थ्य सामग्री हस्तन्तरण गरेको छ ।

सोमबार महासंघको भवनमा आयोजित एक कार्यक्रममा सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले महासंघकी उपाध्यक्ष अस्मिता खनाल तथा महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेलाई हस्तान्तण गरेका हुन्। उक्त कार्यक्रममा सोसाइटीका अध्यक्ष पौडेलले महासंघलाई ६ हजार मास्क हस्तान्तरण गर्दै तनहुँ जिल्लामा आफूले सहयोग गर्न पाउँदा खुशी लागेको बताए  । यस जिल्ला जन्मेको  र आफू पनि मिडिया कर्मी भएकोले पत्रकारको अहिले अवस्था बुझेर सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता  व्यक्त गरे ।

स्वास्थ्य सामग्री सहयोग गरेकोमा नेपाल पत्रकार महासंघका  केन्द्रीय सदस्य प्रदीप काफ्ले संस्था प्रति धन्यवाद व्यक्त गरे । त्यसैगरी महासंघकी उपाध्यक्ष खनालले साइनो नेपाल मिडिया सोसाइटीले प्रदान गरेको स्वास्थ्य सामग्रीले कोरोना महामारीमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुका प्रदान गरिने बताइन् ।

उक्त कार्यक्रमा पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्ले , नेपाल पत्रकार महासंघ तनहुँ को उपाध्यक्ष अस्मिता खनाल , तनहूँ शाखाका पूर्व उपाध्यक्ष समुन्द्र पौडेल , सदस्य विकास खनाल लगाएतको  उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?