
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उमेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् ।
बालकोटमा उनले यस्तो बताएका हुन् । उनले भने, “प्रचण्डले अहिले कांग्रेसलाई समर्थन गर्नै मिल्दैन । गर्नै हुँदैन, हामीसँग सम्झौता पुस १० गते नै गर्नुभएको छ ।”
ओलीले त्यसअघि एक पुस्तक विमोचन कार्यक्रममा सरकारले फागुन १ गते दिएको जनयुद्ध दिवसको बिदाको पनि चर्को आलोचना गरेका थिए ।
फाइल फोटो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?