राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् ।  शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपाका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।

काठमाडौं : राप्रपाका तर्फबाट सरकारमा सहभागी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ४ जना मन्त्री बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।

राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

अध्यक्ष लिङ्देनले उपप्रधान तथा ऊर्जामन्त्री लिएर सरकारमा राप्रपाको नेतृत्व गरेका थिए । त्यस्तै राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुन तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?