पलको स्वागतका लागि तनहुँ कारागार बाहिर समर्थकहरूको भिड (तस्बिरहरू)

दमौली : अभिनेता पल शाह जेलबाट रिहा भएका छन्। उनी जेलबाट छुटेसँगै तनहुँ कारागार बाहिर समर्थकहरूको ठूलो भिड लागेको थियो ।

उनको स्वागतका लागि कारागार बाहिर पुगेका समर्थकहरूले पल शाह हाइहाइ, पललाई न्याय भयो भन्दै नाराबाजी गरिरहेका छन् ।

बलात्कारको आरोप लागेका शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएको थियो ।

जेलमुक्त गर्न अदालतले गरेको आदेशअनुसार उनी सोमबार छुटेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?