नेपाल सहितको त्रिकोणात्मक सिरिज आजबाट, नेपालको पहिलो खेल अमेरिकासँग

ओमान भ्रमणमा रहेको नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओाडिआई सिरिजको पहिलो खेलमा आज अमेरिकासँग खेल्दैछ । ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा  खेल नेपाली समय अनुसार दिउँसो

नेपालले अमेरिकासँग खेल्नुअघि पपुवा न्युगिनीसँगको दुवै खेलमा सहज जित हात पारेको थियो । अमेरिकाले पनि पिएनजीमाथि दुवै खेलमा जित निकालेको थियो । नेपाल र अमेरिकाबीच अन्तिम पटक २०२० फेब्रुअरीमा टियु मैदानमा प्रतिस्पर्धा भएको थियो ।जसमा नेपाल ३५ रनले विजय हासिल गरेका थिए ।

पछिल्लो केहि समय यता कोरोना महामारीको करण विश्वकप लिग–२ का कुनैपनि खेल हुन सकेका थिएनन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज पछिल्लो पटक नेपालमा नै २०२० फेब्रुअरीमा भएको थियो । नेपाल, अमेरिका र ओमानको उक्त त्रिकोणात्मक ओडिआई सिरिजपछि ७ टोलीबीच जसमा नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । २०२३ सम्म चल्ने प्रतियोगितामा शीर्ष तीन टोलीले ग्लोबल छनोटमा सोझै स्थान बनाउने भने नेपाल पनि शीर्ष तीनमा रहँदै सोझै ग्लोबल विश्वकप छनोट खेल्ने लक्ष्य राखेको छ । तेसको लागि तीन साता अघिनै नेपाल ओमान पुगिसकेको छ ।हरेक त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनको आधारमा चल्ने छन् । नेपालको लक्ष्य ओमान भ्रमणमा त्रिकोणात्मक सिरिजमा शतप्रतिशत जितका साथ कुल ८ अंक बटुल्ने रहेको छ । नेपालले अमेरिका र ओमानसँगै हुने दुई दुई खेलमा जित निकाल्दै अंक तालिका शीर्ष तीनमा उक्लन लक्ष्य सहित मैदानमा उत्रिने छ ।

नेपालको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल

अमेरिकाको टोली : सौरभ नेत्रावलकर (कप्तान), आरोन जोन्स (उपकप्तान), अभिषेक पराडकार, डोमिनिक रिखी, एल्मोर हचिन्सन, गजानन्द सिंह, जस्दीप सिंह, जसकरण मल्होत्रा, करिमा गोरे, मोनाक पटेल, निसरग पटेल, नोशतुश केंजीगे, स्टिभ टेलर, सुशान्त मोदानी, सन्जय कृष्णमुर्ती, काइल पिलिप (वैकल्पिक)

खेल तालिका सहित

भदौ २८ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४:१५

भदौ २९ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५

भदौ ३१ : ओमानविरुद्ध अमेरिका, दिउँसो ४:१५

असोज १ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४:१५

असोज ३ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५

असोज ४ : ओमानविरुद्ध अमेरिका, दिउँसो ४:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?