नेताहरु मोटाउनको लागि संघीयता ल्याएको हो ; पूर्व मन्त्री पाण्डे

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेले  नेताहरु आफू मोटाउनको लागी संघीयता ल्याएको आरोप लगाएका छन् । नेपाल जस्तो सानो मुलुकमा संघीयताको आवश्यक नरहेको पाण्डेले बताए ।

बिहीवार राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले आयोजना गरेको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री पाण्डेले अन्य पार्टीहरू फूट्दै गएको ,हाम्रो पार्टी भने एकता हुने विश्वाश रहन उपस्थित कार्यकर्ता संग अनुरोध सँगै २४० वर्ष राजाले शासन गर्दा विधानको पूर्ण रुपमा पालन गरेको थिए तर आज चार वर्ष सम्म पनि संविधानको पालन गर्न नसकेकोमा दुःख व्यक्त गरे ।

“अब हामी भाषण भन्दा पनि नेपाली जनताको चाहना अनुरुप काम गर्नु जरुरी छ । त्यस्तै हामी हामी एक छिनको मोझाको लडाई भन्दा देशका लडाईमा लडेर अहिलेको जनचाहना अनुरुप काम गर्नेछौ ” उनले भने  ।

उक्त कार्यक्रममा पार्टीका केन्द्रीय कार्यसम्पादन सदस्य एवम् पूर्व मन्त्री दुर्गा श्रेष्ठ, केन्द्रीय कार्यसम्पादन सदस्यहरु गौमाया श्रेष्ठ, जयलाल पुन ,राजेन्द्र बहादुर अधिकारी र केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवम् गण्डकी प्रदेशका अध्यक्ष हेमजंग गुरुङले समासायिक राजनीतिक बिषय बोलेका थिए ।

त्यसैगरी जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्वको लागि प्रयास भए पनि सफल हुन भने सकेन । वर्तमान अध्यक्ष बिनोदकुमार घर्ति, पूर्व अध्यक्ष कृष्ण पौडेल, उपाध्यक्षहरु सिता थापा र गिरिबहादुर परियार सहित ४ जना व्यक्तिहरु आकांंक्षी देखिएपनि अन्तमा आएर २ जना मात्रको उममेदवार परेको छ । अन्तिम उम्मेदवारको रहेको वर्तमान अध्यक्ष विनोदकुमार घर्ति र वर्तमान उपाध्यक्ष सीता थापा बिच सहमतिको बाटो रोजेपछि अहिले सम्म सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?