राष्ट्रप्रेमी नेपाली युवा समुह तनहुँले एमसीसी खारेजीको माग गर्दै आज तनहुँ जिल्ला प्रशासन कार्यालय मा प्रमुख जिल्ला अधिकारी विश्व अर्याललाई ज्ञापन पत्र बुझाएका छन्।
दमौलीमा मोटरसाइकलको बिरोध र्याली तथा जुलुस सहित उक्त अभियानका संयोजक एवम् युवा व्यवसाय मित्र दुराले प्रजिअलाई ज्ञापन पत्र बुझाएका हुन्। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताको जन स्तरमा ब्यापक सरकारको बिरोध चलिरहेको बेला राष्ट्रप्रेमी नेपाली युवा समुह तनहुँले आज शुक्रबार दमौलीमा आयोजन गरेको ३५० मोटरसाइकल १६ गाडी सहित ९०० भन्दा बढी युवाहरु उपस्थित रहेको युवा समुहका संयोजक दुराले बताएको छन्।
एमसीसी कुनै हालतमा पास हुन नदिने दुराले बताएका छन् । ‘सियो बनेर छिरेको एमसीसी हात्ती बनेर निस्कनेछ ‘ भनेर उपस्थित युवाहरुलाई एमसीसीको विरुद्धको विरोधमा हातेमालो गर्न आग्रह गरेको छ । नेपालमा तेस्रो विश्व युद्वाको सिर्जना गरेर नेपालको अस्तित्व नै समाप्त पार्ने कोसिस गरिरहेको भन्ने विश्वास राख्न युवाहरुलाई दुराले जोड दिएको छ । अरूको सहयोगले हामी कहिले पनि अघि बढ्न नसक्ने र हाम्रो देश पनि अरूको सहयोग लिएर सञ्चालन गर्ने भएकाले विकास गर्न नसकेको दुराले बताए। हाम्रो उद्देश्य भनेको दल, पार्टी भन्दा हाम्रो राष्ट्रियता , पहिचान र संस्कृति माथि रहेर एमसीसी विरुद्ध लट्ने उनले बताए ।
उक्त कार्यक्रममा दमौलीको भोर्लेटार चोकबाट सुरु हुँदै बालमन्दिर चोक हुँदै अनसन चौतारी अनसन चौतारी हुँदै ट्राफिक चोक हुँदै सफासडक हुँदै अनसन चौतारी मा कोण सभामा परिणत गरेर प्रजिअ अर्याललाई युवा समुहले ज्ञापन पत्र बुझाएको हुन्।
तस्बिरहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?