शुक्लागण्डकीका बिभिन्न स्वास्थ्य संस्थालाई १० लाखको स्वास्थ्य सामग्री सहयोग

सामाजिक संस्था सेवाको लागि युवा नेपालले तनहुँ जिल्लाको शुक्लागण्डकीमा रहेको विभिन्न स्वास्थ संस्थालाई करिब १० लाख बराबरको स्वास्थ्य सामग्री हस्तन्तरण गरेको छ ।

पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थाका केन्द्रीय सदस्य सन्दिप माझीको टोलीले स्वास्थ संस्थामै उपस्थित भएर उक्त सामग्रीहरू शुक्लागण्डकी नगरपालिकाका वडा न १० का कार्यवाह अध्यक्ष राजेन्द्र भट्टराई , सोही नगरका वडा नं ८ का अध्यक्ष कृष्णप्रसाद रेग्मी , ढोर फूलबारी शहीद अस्पतालका स्वस्था प्रमुख प्रतिक्षा आले र लालीम शहीद  स्वास्थ्य केन्द्रका प्रमुख मिना पोख्रेल लाई विभिन्न स्वास्थ्य सामग्री माक्स ,सेनिटाईजर, थर्मगन,अक्सिजन मिटर , ग्लोब्स , एन ९५ माक्स , पिपिई सेट ,बेड सेट ,अक्सिजन सिलिन्डर ,अक्सिजन माक्स सहितका हस्तान्तरण गरिएको संस्थाका केन्द्रीय सदस्य विष्णु काफ्ले जानकारी दिए ।

उनका  अनुसार उक्त कार्यक्रममा सम्बन्धित स्वास्थ संस्थाका प्रतिनिधि सेवाका लागि युवा नेपालका सदस्यहरू सागर पनेरू, सन्दिप माझी र बलराम कालिकाेटे, समेतकाे उपस्थिति रहेकाे थियाे। सेवा क्यानडाको सहकार्यमा उक्त सामग्रीहरू देशका विभिन्न जिल्लाहरूमा आवश्यकता पहिचान गरेर वितरण गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?