
दमौली : भोलि शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि तनहुँमा २६ परीक्षा केन्द्र तोकिएको छ ।
तनहुँबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५ हजार ७ सय ६६ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख वसन्तराज पौडेल जानकारी दिए।
कक्षा १० को पठन पाठनमा परीक्षाका लागि आवश्यक हाजिरी पुर्याएका नियमिततर्फ ५ हजार ५ सय ३६ , ग्रेडवृद्धिमा ७७ जना र प्राविधिक धारका १५३ विद्यार्थी परीक्षाका लागि योग्य भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख पौडेलका अनुसार सत्यवती माविमा कम्प्युटर इन्जिनियर , पञ्चमुनि देव माविमा भेटेरिनरी, राम शाह माविमा सिभिल इन्जिनियरिङ र गाउँफर्क माविमा कृषि विषयको पठन पाठन भइरहेको छ ।
जिल्लाको ४ वटा माध्यमिक विद्यालयले मात्रा कक्षा ९ र १० मा प्राविधिक सञ्चालन गर्दा प्राविधिकतर्फ विद्यार्थी सङ्ख्या न्यून रहेको पौडेलको भनाइ छ । तनहुँमा सामुदायिक विद्यालयले मात्रा कक्षा ९ र १० मा प्राविधिक विषयमा पठन पाठन गर्दै आएका छन् ।
यस गुरुकुल संस्कृत तर्फ साधारण संस्कृतमा १९ जना र संस्कृतमा ५३ जना बाहिरा विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत विश्वप्रकाश रेग्मीले जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत्र १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?