अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा राष्ट्रवादी अभियान तनहुँले आइतबार साँझ दमौलीमा मसाल जुलुस निकालेको छ ।
दमौली अनशन चौतारीबाट शुरु जुलुका सहभागीले एमसीसी सम्झौता घात हो, देश बेच्न पाइंदैन, नो एमसीसी , राष्ट्र घाती एमसीसी खारेज लगायतका नारा लगाएका थिए । उक्त कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य राजेन्द्र अधिकारी, जिल्ला अध्यक्ष विनोद घर्तीसहित कार्यक्रमका नेतृत्वकर्ता उज्वल भट्टराई, सफिक मियाँ, भुवन गोशली लगायतको उपस्थिति थियो ।
मसाल बोकेर दमौलीको मेन चोकसम्म पुगेका युवा र प्रहरीबीच आगो निभाउने विषयमा विवाद भए पछि प्रहरीले पानी प्रयोग गरी मसाल आगो निभाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?