तनहुँ- १ मा गोबिन्द भट्टराईको उम्मेदवारी दर्ता

दमौली : तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमवार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर भट्टराईले उम्मेदवारी दर्ता गरेका हुन् ।

भट्टराईलेको प्रस्तावकमा सरिता गुरुङ, समर्थकमा रघुनाथ पौडेल र देव कुमार श्रेष्ठ रहेका छन् ।

तनहुँ-१ मा उपनिर्वाचनको मतदान २०८० वैशाख १० गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?