दमौली : तनहुँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आफ्नो मुख्य प्रतिस्पर्धा रास्वपासंग नहुने बताएका छन् ।
मंगलबार दमौलीमा प्रेस युनियन तनहुँले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आफ्नो प्रतिस्पर्धा रास्वपा नभएर नेकपा एमालेसँग हुने बताएका हुन् ।
“विगतदेखी नै कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुदै आएको छ” उनले भने “नयाँ देखिएका अनुहारहरु आउँछन् जान्छन।” आफु रामचन्द्र पौडेलको उत्तराधिकारी भएको समेत दावि गरेका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेवार समेत रहेका भट्टराईले निष्ठा र योगदानको मुल्यांकन गरेर जनताले जिताउनेमा पूर्ण आशावादी रहेको बताए ।
पार्टीको सिद्धान्त र विचारबाट विचलित भएर अवसरको खोजी गर्दै हिड्नेले देश र जनताको भलो भन्दा पनि व्यक्तिगत स्वार्थ हेर्ने गरेको उनले टिप्पणी गरे।
तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले र नेकपा एमालेबाट पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सहित ९ जनाले उम्मेदवारी दिएका छन् । वाग्लेले हालै कांग्रेस त्यागेर तनहुँ-१ मा रास्वपाबाट उम्मेदवारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?