काठमाडौं : सत्ता गठबन्धनमा आबद्ध दलहरूले ६ महिनाभित्र नागरिकता ऐन पारित गर्ने बताएको छ ।
बिहीबार गठबन्धनको साझा न्यूनतम कार्यक्रम जारी गर्दै सञ्चारमन्त्री समेत रहेकी माओवादी नेतृ रेखा शर्माले सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन पारित गर्ने घोषणा गरिन् ।
यस्तै, सत्ता गठबन्धनले सम्पति शुद्धीकरण ऐन संसद्को चालु अधिवेशनबाट पारित गर्ने तथा वर्तमान संसद्लाई पूर्ण कार्यकाल सञ्चालन गर्ने पनि साझा न्यूनतम कार्यक्रममा समावेश गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?