
दमौली : तनहुँको भिमाद नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको विरोधमा नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाका कर्मचारीले आइतबार विज्ञप्ती जारी ताला नखोलेसम्म हातमा कालोपट्टि बॉधेर विरोध जनाएको छ ।
शिक्षा शाखाबाट विभेदपूर्ण तरिकाले कार्यसम्पादन हुँदै आएको आरोप लगाउँदै नेपाली कांग्रेस भिमाद नगर समितिले शुक्रबार शाखामा तालाबन्दी गरेका थिए ।
नगरपालिकाको काम कारवाहीको विषयलाई लिएर कार्यकक्षमा उपसचिव पदमराज आचार्य माथि गरिएको अभद्र व्यवहार र शिक्षा, युवा तथा खेलकुद शाखामा गरिएको तालाबन्दी प्रति भिमाद नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तीमा भनेको छ : ‘कार्यालयको काम कारवाही प्रति चित्त नबुझेमा कानून बमोजिम छुट्टै विधि र प्रक्रिया अनुसार आवश्यक पहलकदमी लिनु पर्नेमा त्यसो नगरी तटस्थताको सिद्धान्त बमोजिम कार्य सम्पादन गर्ने राष्ट्रसेवक कर्मचारी माथि गरिएको दुर्व्यवहार, धाक धम्की प्रति सम्पूर्ण कर्मचारी परिवार निन्दा एवं भर्त्सना गर्दै आगामी दिनहरुमा यस्ता खालका हर्कत नगर्न समेत आग्रह गर्दछौं,’।
प्रेस विज्ञप्ती
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?