तनहुँ १ मा लौरो अभियानले रास्वपाका वाग्लेलाई समर्थन गर्ने

दमौली : तनहुँ १ मा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले राष्ट्रिय स्वतन्त्र (रास्वपा) का उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

उक्त क्षेत्रमा विष्णु पराजुलीलाई अघि सारेको लौरो अभियानले पराजुलीको उम्मेदवारीलाई निष्क्रिय पार्दै वाग्लेलाई समर्थन गर्ने निर्णय गरेको हो ।

” उहाँ आर्थिक क्षेत्रमा अन्तराष्ट्रिय रुपमा विज्ञता हासिल गर्नुभएको र हालको अवस्थामा उहाको विज्ञता नेपालको संसदमा यथाशिघ आवश्यकता परेको महसुस गर्दै राष्ट्रिय स्वतन्त्र पाटीका उमेद्वार डा. स्वर्णिम वाग्लेलाई हामी सम्पूर्ण बैकल्पीक शक्ति, नौरो अभियान, हाम्री नेपाली पाटी र स्वतन्त्र नागरिक समाज नेपाल एक भई समर्थन गर्ने निर्णय भएको छ।” विज्ञप्तिमा  भनिएको छ  ।

रास्वपाका वाग्लेलाई घण्टी चिन्हमा मतदान गरी विजयी गराउनका मतदाताहरूलाई लौरो अभियन्ता सरोज राज गिरीले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?