दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित पावरहाउसमा आज दिउँसो यात्रुबसको ठक्कटबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ।
मुग्लिङबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ९४०२ नं.को बस र बिपरीत दिशाबाट जादै गरेको ग २२ प ९८२६ नं.को मो.सा एक आपसमा ठोकिंदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लम्जुङको दुधपोखरी गाउँपालिका-५ बस्ने वर्ष ३० को सन्तोष गुरुङ रहेका छन् । गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिए ।
पछाडि सवार सोहि स्थानको बस्ने वर्ष अं.३५ को भिमसेन गुरुङको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भैरहेको खाँणले बताए ।
बस र चालक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?