काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाराम श्रेष्ठले आफू डुबेमा ‘कोर टिम’बारे खुलाउने बताएका छन् ।
बुधबार पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले भने, “उहाँले मेरो अडियो होइन भन्नुभयो । मन्त्री बनाउने पनि कसैले भनेको थिएन भन्नुभयो । … तर, म डुबेँ भने ‘कोर टिम’बारे भन्छु भन्नुएको छ । उहाँले कुन मानसिकताले भन्नुभएको हो ।”
तर, आफूलाई कोर टिमबारे कुनै जानकारी नभएको दाबी गरे ।
लामिछानेका अनुसार कसैले मन्त्री बनाइदिन्छु भनेर सोध्दा श्रेष्ठले त्यस्तो नभनेको बताएका थिए ।
“कोर टिम को हो भन्दा जो पनि भन्न सक्छु भन्नुभएको छ । हामीले पटक पटक सोध्दा र मैले आफैँले सोध्दा पनि त्यही भन्नुभएको छ,” उनले भने ।
पार्टीले उनी अडियो प्रकरणमा जोडिएको ठहर गरेर नै उनलाई कारबाही गरिएको रविको भनाइ छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले नेता तथा सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?