
दमौली : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रिय सचिव पद्या अर्यालले गएको आम निर्वाचनमा नेकपा एमाललेलाई विभिन्न शक्तिले घेरावन्दी गरेता पनि जनताको पहिलो शक्ति वनेको वताएकी छिन् ।
आइतवार प्रेस चौतारी नेपाल तनहुँ शाखाको आज आयोजित भेलामा बोल्दै सचिव अर्यालले विभिन्न शक्तिले घेरावन्दी गरेता पनि जनताको पहिलो शक्ति वनेको बताइन् ।
“देशमा सत्तासिन गठवन्धनका नाममा एमाललेलाई हराउन विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय शक्ति लागेता पनि त्यो असफल वन्यो, त्यसको एउटै कारण भनेको एमाले जनताको पार्टी भएको कारण हो: अर्यालले भने ।
एमालेले परिवर्तनको नेतृत्व गरयो भने गठवन्धनका दलहरुले परिवर्तन विरोधीको नेतृत्व । त्यति धेरै शक्ति मिलेर पनि एमालेको शक्तिलाई हराउन सकेन, यसले पनि एमाले देश र जनताको पार्टी हो भन्ने पुष्टि भएको छ, सचिव अर्यालले वताए ।
गठवन्धनका नाममा सरकार र सत्तासिन दलले जनविरोधी काम गरेको हुदाँ निर्वाचन पनि एमालेलार्ई हराउन लागेको तर एमाले कमजोर छैन भन्ने भर्खरको चुनावले पुष्टि गरेको छ, अर्यालले वताए ।
देशमा पार्टीले खेलेको भुमिका आम जनताले वुझेको हुदाँ एमाले नै देशको स्थिरता, विकास र सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा पार्टी प्रष्ठ भएको समेत वताए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य भगवती न्यौपाने, पार्टीका प्रचार विभाग प्रमुख प्रदिपराज अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव शुष्मा पौडेल, पार्टीका प्रचार विभाग सदस्य रामकृष्ण ज्ञवाली, प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका अध्यक्ष ईन्द्र पौडेल लगायतले धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?