दमौली : तनहुँको व्यास नगरपालिका ११ घाँसीकुवा देखि भानु नगरपालिका ७ चन्द्रावती जोड्ने बागेश्वरी मोटर मार्गमा बस सेवा सुचारु हुँदा स्थानिय हर्षित भएका छन्। गाउँमा पहिलो पटक बस सेवा सुचारु भएपछि स्थानीयले चालक गाडीका स्टाफलाई फूल माला अबिर तथा खादा लगाई सम्मान गर्दै खुसी व्यक्त गरेका हुन्।
२०४८ सालमा सुरु गरिएको उक्त मोटरमार्गमा पहिलो पटक ना ६ ख ४१३६ नम्बरको बस लगिएपछि बस चालक किशोर गुरुङ, बागेश्वरी मोटरमार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्का, मोटरमार्गका अध्यक्ष विवेक भट्टराई लगायतलाई स्थानीयले अविरजात्रा सहित स्वागत गरेका हुन् ।
यस मार्गमा सवारीसाधन संचालन नहुँदा दमौली आउन घण्टौं पैदल हिड्नुपर्ने अवस्था रहेको भानु नगरपालिका ६ स्थित वागेश्वरी आमा समुहकी अध्यक्ष विन्दु वाग्लेले बताए ।
‘यस मोटरमार्गमा सवारीसाधन नचल्दा हामीलाई विरामी लिएर अस्पताल जानपनि समस्याथियो,’ वाग्लेले भन्नुभयो, ‘अब नियमित बस चल्ने भएपछि खुशियालीमा अविर जात्रा सहित स्वागत गरेका हौं ।’
चन्द्रावतीदेखि पड्केपसल, बरभञ्ज्याङ, मान्द्रे, ठुलोचौर र मुलपानीका सयौं स्थानीय बाटोमा भेलाभई बसलाई अविरजात्रा सहित स्वागत गरेका थिए । यस मोटरमार्गमा पहिलो पटक बस संचालन गरिएपछि स्थानीयले आफूहरुलाई अविरजात्रा सहित स्वागत गर्दा हौसला मिलेको बसका चालक किशोर गुरुङले बताए।
आफूहरुले करिव ३० बर्ष अघि खन्न सुरु गरेको उक्तमार्गमा नियमित बस संचालन हुनुले स्थानीयलाई ठुलो राहतपुगेको उक्तमोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्काले बताए ।
‘यस मार्गमानियमित सवारीसाधन नहुँदा प्रशासनीक कामले दमौलीजानुपर्दा घण्टौं हिड्नुपर्ने अवस्था थियो,’ खड्काले भन्नुभयो, ‘अब भने दैनिक बस संचालनहुने भएपछि भने स्थानीयलाई निकै राहतहुने भयो ।’
घाँसीकुवादेखि भानु नगरपालिका ६ पड्केपसलसम्म १४ किलोमिटरसम्म बागेश्वरी मोटरमार्ग पर्दछ । तर थप ९ किलोमिटर पक्कि सडक खण्ड हुँदै बसलाई दैनिक चन्द्रावतीदेखि दमौली र दमौलीदेखि चन्द्रावतीसम्म गरिने बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिले जनाएको छ । उक्त मार्गमा बस संचालन हुनुअघि चन्द्रावतीदेखि डुम्रे हुँदै दमौलीजानुपर्ने अवस्था थियो ।
चन्द्रावतीदेखि डुम्रे हुँदै दमौलीपुग्न ३४ किलोमिटर तय गर्नु पर्नेमा यस मार्गबाट २३ किलोमिटरमै दमौली पुगिन्छ । पृथ्वी राजमार्ग वस संचालक समितिसँग समन्वय गरी बस संचालनगरिएको र भाडा दर समेत न्युनतम तोकिएको उक्त मोटरमार्गका अध्यक्ष विवेक भट्टराईले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?